बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाने
काठमाडौँ— गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत जाने भएका छन् ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
भारतमा हुने बिमस्टेकअन्तर्गतको बैठकमा सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।
बैठकमा सदस्य राष्ट्रबीच गृह तथा सुरक्षा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।