रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’ सिजन–५ को फाइनलमा
काठमाडौं — नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’ सिजन–५ को फाइनलमा स्थान बनाएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मोर्डोचलाई पराजित गर्दै रवीन्द्रले फाइनल यात्रा तय गरेका हुन् ।
तीन राउन्डसम्म चलेको प्रतिस्पर्धामा रवीन्द्रले अन्तिम चरणमा उत्कृष्ट कमब्याक गर्दै रेफ्रीको निर्णयका आधारमा जित निकाले । सुरुवाती चरणमा दबाबमा देखिए पनि उनले खेलको अन्तिमतिर आफ्नो प्रदर्शन सुधार्दै निर्णायक बाजी मारे ।
फाइनलमा रवीन्द्रले जापानका रियो ताजिमा सँग प्रतिस्पर्धा गर्नेछन् ।
फाइनल जित्न सके रवीन्द्रका लागि यूएफसी प्रवेशको ढोका थप फराकिलो हुनेछ।