एनपीएल हेर्न कति खर्च लाग्छ? लिग चरण ५०० रुपैयाँमै, फाइनलको टिकट २ हजारसम्म – Nepalboli

एनपीएल हेर्न कति खर्च लाग्छ? लिग चरण ५०० रुपैयाँमै, फाइनलको टिकट २ हजारसम्म

   २०८३ कार्तिक ६, बिहीबार  

काठमाडौं— क्रिकेट फ्यानका लागि खुसीको खबर छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न चाहने दर्शकका लागि टिकटको मूल्य सार्वजनिक भएको छ र बिक्री आजै रातिबाट खुला हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसपटक लिग चरण र प्लेअफरफाइनलका लागि फरक फरक मूल्य तोकेको छ ।

कुन खेलको टिकट कति पर्छ ?

क्यानका अनुसार मूल्य यसप्रकार छः

लिग चरणका खेलः
साधारण टिकटः रु ५००
प्रिमियम टिकटः रु १,०००
इलिमिनेटर र फाइनल खेलः
साधारण टिकटः रु १,०००
प्रिमियम टिकटः रु २,०००
अर्थात्, समूह चरणका खेलहरू ५०० रुपैयाँमै हेर्न पाइने छ भने उपाधि निर्णायक खेल हेर्न दर्शकले दोब्बर पैसा तिर्नुपर्ने हुन्छ ।

तेस्रो संस्करणको एनपीएल आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै