रोग निको हुने विश्वासमा कुभिण्डोको प्रसाद लिन बालकुमारीमा घुइँचो, थिमिको ऐतिहासिक खाँ पिहाँवइगु जात्रा सम्पन्न – Nepalboli

रोग निको हुने विश्वासमा कुभिण्डोको प्रसाद लिन बालकुमारीमा घुइँचो, थिमिको ऐतिहासिक खाँ पिहाँवइगु जात्रा सम्पन्न

   २०८३ कार्तिक ६, बिहीबार  

मध्यपुरथिमि— मध्यपुरथिमिको प्रसिद्ध खाँ पिहाँवइगु जात्राको मुख्य आकर्षण बालकुमारीमा दिइने कुभिण्डोको बलि बन्यो । कुभिण्डोलाई काटेर दिएको प्रसाद लगे रोगव्याधीबाट मुक्त भइन्छ भन्ने जनविश्वासले बालकुमारीमा स्थानीयको ठूलो भीड लागेको थियो ।

बिहीबार एकादशीमा सम्पन्न जात्रामा मल्लकालीन हतियार खड्ग, तरबार, ढाल र युद्धकवचसहित गुठियारले सहरका टोलटोलमा युद्धकला देखाएका थिए । जात्रा हेर्न थिमिका गल्लीहरूमा बिहानैदेखि स्थानीयको घुइँचो लागेको थियो ।

तलेजु भवानीको द्यो छेंबाट सुरु भएको जात्रामा दसैँ नवमीको बलि र राजदण्डलाई समेत परिक्रमा गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै