अन्तर विभागीय फुटसलमा रसायन शास्त्र र खेलकुद विभाग विजेता
नेपाल बोली
१० चैत्र २०७७, मंगलवार
त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् ।
त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता र भौतिक शास्त्र केन्द्रीय विभाग उपविजेता बनेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी त्रिवि कमिटीका मदन विष्टले जानकारी दिए ।
विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । शुक्रबार विजेता र उपविजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पुरस्कार वितरण गरे ।
उक्त फुटसल प्रतियोगितामा पुरुषका १७ र महिलाका ६ टिम सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै