बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बने मेस्सी
स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।
ला लिगा अन्तर्गत गएराति रियल सोसिडाड विरुद्ध मैदानमा उत्रँदा मेस्सी बार्सिलोनाका लागि ७६८औँ खेल खेल्दै थिए ।
मेस्सीले जाभी हर्नान्डेजको कीर्तिमान भङ्ग गरेका हुन् । जाभीले बर्सिलोनाका लागि ७६७ खेल खेलेका थिए ।
कीर्तिमानी खेलमा मेस्सीले २ गोल गरेपछि बार्सिलोनाले सोसिडाडमाथि ६-१ को सहज जित निकालेको थियो ।
बार्सिलोना २८ खेलबाट ६२ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ६६ अंक छ ।