बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाने – Nepalboli

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाने

   २०८३ आश्विन १९, सोमबार  

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत जाने भएका छन् ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

भारतमा हुने बिमस्टेकअन्तर्गतको बैठकमा सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ । बैठकमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।

बैठकमा सदस्य राष्ट्रबीच गृह तथा सुरक्षा क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै