साउदी प्रो लिगमा अल इत्तिहादको जित, नासर २–१ ले पराजित – Nepalboli

साउदी प्रो लिगमा अल इत्तिहादको जित, नासर २–१ ले पराजित

   २०८३ भाद्र २१, आईतवार  

काठमाडौं— साउदी प्रो लिगमा अल इत्तिहादले अल नासरलाई २–१ ले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रालाई थप बलियो बनाएको छ ।

किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा शनिबार राति भएको खेलमा इत्तिहादका लागि जर्ज इलेनिखेनाले दुई गोल ग रे। नासरका एन्जेलो गाब्रियलले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

इत्तिहादले खेल सुरु भएको चौथो मिनेटमै इलेनिखेनाको गोलबाट अग्रता लिएको थियो। २२औँ मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता २–० बनाए ।

नासरले ३६औँ मिनेटमा गाब्रियलको गोलमार्फत खेलमा फर्किने प्रयास गरेको थियो। तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इत्तिहाद २–१ को जित निकाल्न सफल भयो ।

जितसँगै इत्तिहादले पाँच खेलबाट ११ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा रहेको छ । पहिलो हार बेहोरेको नासर समान पाँच खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै