कुटनितीक मर्यादा विपरित चिनियाँ राजदुतको नेपाल-भारत व्यापार प्रति चासो
नेपालका लागी चिनियाँ राजदुत चेन सोङ्गले नेपाल र भारत विचको व्यापार सम्बन्ध वारेमा कुटनितीक मर्यादा विपरित चासो राख्दै अशोभनिय अभिव्यक्ती दिएका छन । नेपाल र चिनको विचको सम्बन्धमा काम गर्नु पर्ने चिनियाँ राजदुत एक सार्वजनिक कार्यक्रममा नेपाल र भारत विचको व्यावार घाटा र जलविद्युत व्यापार वारेमा नाकारात्मक टिप्पणी गरेका छन । उनले नेपाल र भारत विचको व्यापारको व्यंग गर्दै पछिल्लो समयमा भारत संग नेपालको वढेको जलविद्युत व्यापारलाई समेत नाकारात्मक व्यग सार्वजनिक रुपमा गरेका छन ।
राजुदत सोङ्ग नेपालमा कार्यभार सम्हाल्न आए लगत्तै पोखरा विमानस्थलको उद्धघाटनमा वोल्दै हुदै नभएको बिआरआई परियोजना अन्र्तगत उक्त विमानस्थल रहेको टिप्पणी गरेका थिए ।
पछिल्लो समयमा नेपालमा चासो वढाउदै लगेको चिनियाँ पक्षले दक्षिणी छिमेक भारत विरुद्ध सार्वजनिक रुपमा यस्तो नाकारात्मक टिप्पणी गर्नूलाई कुटनितीक मर्यादा विपरित भएको जानकारहरु बताउछन । कुनै पनि देशको राजदुत आफनो देश भन्दा अन्य देशको वारेमा नेपालमा विरलै टिप्पणी गरेको पाईन्छ ।
हुनत यस अघिका चिनिया राजदुत होउ यान्छी पनि नेपालमा विवादमा तानिएकी थिईन । नेपालमा कम्युनिष्टहरु लाई एक बनाउन नेताहरुको घर-घर दौड मारेको भन्दै उनको पनि नेपालमा व्यापक आलोचना भएको थियो । चीनको राजदुतको नेपालमा व्यापक आलोचना हुन थाले पछि चिनले पछि राजदुतलाइ नेपालमा निस्क्रीय नै बनाउनु परेको थियो ।
तर अघिल्लो राजदुत भन्द्या एक कदम अगाडी वढदै वर्तमान राजदत सोङ्ग नेपालको दक्षिणी छिमेकी भारत वारेमा सार्वजनिक रुपमै नाकारात्मक टिप्पणी गरेका छन ।
https://twitter.com/yugadrasta/status/1698345284181348418?s=20