भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग विदाई भेट
काठमाडौं—नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् ।
राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ । श्रीवास्तवले नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री शाहसँग विदाई भेट गरेका हुन् ।
श्रीवास्तव नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यकाल सकेर भारत फर्किन लागेका हुन् ।