६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही घर भइ टोखामा बस्दै आएका सुमन खरेल रहेको सीआईबी स्रोतले जानकारी दिएको छ।
सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूसँग खरेलको कनेक्सन देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। योसँगै पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।