वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फाले पछि एक जनाको मृत्यु – Nepalboli

वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फाले पछि एक जनाको मृत्यु

   १८ भाद्र २०८०, सोमबार  

वीर अस्पतालको ६ तल्ला माथिबाट हाम्फालेर आज एक अज्ञात पुरुषले आत्महत्या गरेका छन् । उनको पहिचान खुलेको छैन ।

अस्पतालका निर्देशक सन्तोष पौडेलले शवलाई पोस्टमार्टमका लागि पठाइएको बताए । अहिलेसम्म शव दाबी गर्न कोही पनि आफन्त नआएको उनले जानकारी दिए । मृतक वीर अस्पतालमा भर्ना भएको बिरामी वा कुरुवा नभएको पौडेलको भनाइ छ ।

घटना आज बिहान अन्दाजी तीन बजेर १० मिनेटमा भएको हो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका थिए । उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै