नक्क्ली नागरिकता सिफारिसमा कारागार चलान भएका फरार वडाअध्यक्ष पक्राउ – Nepalboli

नक्क्ली नागरिकता सिफारिसमा कारागार चलान भएका फरार वडाअध्यक्ष पक्राउ

   १८ भाद्र २०८०, सोमबार  

झुटा विवरण पेस गरी गैर नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गर्ने झापाको भद्रपुरका एक पूर्व जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । भद्रपुर नगरपालिका वडा नं ९ का पूर्व वडा अध्यक्ष ५२ वर्षीय शनिलाल राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गते गरेको फैसला अनुसार तत्कालीन वडा अध्यक्ष रहनुभएका राजवंशीलाई झुटा विवरण पेस गरी नागरिकता बनाइदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

अदालतको फैसला आए पनि उहाँ फरार रहनुभएको थियो । फरार अभियुक्त पक्राउ गर्ने क्रममा उहाँलाई आइतबार पक्राउ गरिएको हो, रिजालले भन्नुभयो । पक्राउ गरेर अदालतमा पेस गरेर फैसला कार्यान्वयन लागि कारागार चलान गरिएको पनि रिजालले जानकारी दिनुभएको छ ।

राजवंशीले जानाजान रूपमा नक्कली कागजपत्र बनाएर जिल्ला प्रशासन कार्यालय झापाबाट विसं २०७३ देखि २०७६ सम्ममा १६ गैर नेपालीलाई नागरिकता दिन भूमिका खेलेको आरोप लागेको थियो । त्यो समयमा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको पाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै