एनडिसीको टोलीद्धारा नेपाल भ्रमण सम्पन्न – Nepalboli

एनडिसीको टोलीद्धारा नेपाल भ्रमण सम्पन्न

   १४ भाद्र २०८०, बिहीबार  

भारत सहित जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को एक टोली नेपाल भ्रमण गरेका छन ।

नेशनल डिफेन्स कलेजको ६३ औं कोर्षको एक प्रतिनिधिमण्डलले गएको १० नेपाल आएर आज फिर्ता भएका छन ।

एयर भाइस मार्शल मनीष कुमार गुप्ताको नेतृत्वमा नेपाल आएको सो भ्रमण टोलीले नेपालका प्रधानमन्त्री श्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवम् नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा संग भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेका थिए । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग समेत भेटघाट गरेका थिए ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरुबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरु मध्येको एक हो । भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागीता जनाएका थिए ।

हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारीहरु समेत सहभागी छन् । सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै