अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिए

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।
अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।