काग्रेस सभापति देउवाद्धारा आफना निकट नेताहरुसंग छलफल

केन्द्रिय समिति बैठक २० गते बस्ने
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा विहिवार आफना निकट नेताहरुसंग छलफल गरेका छन । आफना निवास वुढानिलकण्ठमा विहान भएको छलफलमा पार्टीको महाधिवेशन कार्यतालिका, आसन्न केन्द्रिय समिति बैठक र समसमायीक राजनिती वारेमा छलफल भएको नेताहरुले जनाएका छन ।
प्रतिनिधीसभा पुनस्थापना पछि काग्रेसले नयां सता समिकरणको नेतृत्व नगरेको भन्दै एकथरीले आलोचना गरिह्दा काग्रेस सभापति देउवा आफनो नेतृत्वमा तत्तकाल बहुुमत जुटने सम्भवना नरहेको आज आफना निकट नेताहरुलाई बताइका छन ।
गत मंगलवार मात्रै विराटनगरमा देउवाले काग्रेस विपक्षी दल भएकाले विपक्षमै बस्ने बताएका थिए । उनले आफुहरुमा सरकारमा नजाने पनि प्रष्टाएका थिए ।
केन्द्रिय समिति बस्दै
काग्रेस पार्टी कार्यलयले विहिवार एक विज्ञप्ति निकालेर आउदो २० गते केन्द्रिय समिति बैठक बस्न लागेको जनाएको छ । २० गतेको बैठकले अगामी भदौमा काग्रेसले गर्न लागेको महाधिवेशनको घोषीत कार्यतालिकामा केहि हेरफेर गर्न लागेका छन । केहि जिल्लामा क्रियाशिल सदस्यता समयमा हुन सके पछि काग्रेसले त्यस अनुसार कार्यतालिकामा केहि हेरफेर गर्न लागेका छन ।