प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता – Nepalboli

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

   १२ चैत्र २०७७, बिहीबार  

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ । सर्वोच्च अदालतद्वारा २३ फागुनमा भएको नेकपा खारेजीको फैसलाबारे पुनरावलोकनका सन्दर्भमा कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल भएको हो ।

स्रोतका अनुसार प्रचण्ड र नेपालबीच भेटवार्तामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले न्यायिक पुनरावलोकनमा जाने निर्णय लिएपछि प्रचण्ड र नेपालबीच छलफल भएको बुझिएको छ ।

नेपालसंगको छलफल पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कानुनविद्धहरु संग छलफल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै