नयाँ गठबन्धन अहिलेको आवश्यकता- मन्त्री महासेठ
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठले नयाँ गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । शुक्रबारदेखि बुटवलमा सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनमा बोल्दै उनले देशमा बढ्दै गएको आर्थिक तथा राजनीतिक सङ्कट समाधानका लागि यो गठबन्धन बनेको बताएका हुन् ।
उनले मुलुकमा राजनीतिक स्थायित्व लागि नेकपा एमाले र माओवादी केन्द्रको नयाँ गठबन्धन बनाउनु परेको बताए । उनले अहिले माग र आवश्यकता आधारमा गठबन्धन निर्माण भएको बताए ।
उनले देशमा अर्थतन्त्र सङ्कटमा, उद्योगधन्दा चल्नै नसक्ने भएपछि अन्य सबै क्षेत्र अस्तव्यस्त बनेको बताए । उनले बुटवल नारायणगढ सडक निर्माणको गति तीव्रताका साथ अगाडि बढेको दाबी गरे । काम गर्दा आवत जावतमा समस्या भएको बताए ।
मन्त्री महासेठले लुम्बिनीको मात्र नभएर मुलुककै अर्को महत्त्वपूर्ण परियोजना सिद्धवावा सुरुङ मार्गको काम समेत तीव्र रूपमा अगाडि बढेको बताए।