पृथ्वी राजमार्ग सञ्चालनमा, गल्छी–मलेखु खण्डमा अत्यावश्यक सवारी चल्न थाले
काठमाडौं— अविरल वर्षापछि लेदो थुप्रिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्ड सञ्चालनमा आएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा थुप्रिएको लेदो पन्छाएपछि पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो ।
अवरुद्ध सडकका कारण राजमार्गमै अलपत्र परेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन थालिएको मन्त्रालयले जनाएको छ ।
सडक खुलाउने क्रममा लेदो पन्छाउने तथा अवरोध हटाउने कामसँगै राजमार्गमा आवागमन पुनः सञ्चालनमा आएको मन्त्रालयको भनाइ छ ।
यद्यपि वर्षा तथा सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रुले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।