रसुवा पुनः सडक सञ्जालमा जोडियो, चारपांग्रे साना सवारी चल्न थाले
काठमाडौं— बाढीका कारण सडक सम्पर्कबाट प्रभावित रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्पर–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपांग्रे साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो ।
सडकखण्ड सञ्चालनमा आएसँगै रसुवासँगको सडक सम्पर्क पुनः स्थापित भएको छ। यसले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्याउनसमेत सहज हुने अपेक्षा गरिएको छ ।
हाल उक्त सडकखण्डमा साना चारचक्के सवारीसाधन मात्रै सञ्चालन गर्न मिल्ने अवस्था रहेको जनाइएको छ । ठूला तथा भारी सवारीसाधन सञ्चालनका लागि सडकको अवस्था थप सुधार गर्नुपर्ने देखिएको छ ।