राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिए – Nepalboli

राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिए

   २०८० चैत्र २, शुक्रबार  

राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन । गठबन्धन परिवर्तन भएसँगै राष्ट्रिय योजना आयोगमा अघिल्लो गठबन्धनमा सहभागी दलबाट सिफारिस भई आएका सदस्यहरुले राजीनामा दिएका हुन् ।

आयोगका अनुसार डा प्रभु बुढाथोकी, डा आरपी बिच्छा, डा अनिता शाह ढुंगाना र डा जयकान्त राउतले राजीनामा दिएका छन् ।

अघिल्लो गठबन्धनमा नेपाली कांग्रेस तथा जनमत पार्टीको सिफारिसमा उनीहरु सदस्य बनेका थिए । आयोगमा अब नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु समेटिने सम्भावना छ । आयोगको उपाध्यक्षमा माओवादी केन्द्र निकट डा मिनबहादुर श्रेष्ठ छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै