माओवादीको स्थायी समिति बैठक बस्दै – Nepalboli

माओवादीको स्थायी समिति बैठक बस्दै

   २०८० चैत्र २, शुक्रबार  

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक शुक्रबार बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने छ ।

साथै, आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका केही समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि माओवादीले फागुन २८ गतेलाई बोलाएको स्थायी समिति बैठक स्थगित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै