भारतीय विदेशमन्त्री जयशंकरद्धारा काठमाडौमा राजनितीक भेटघाट – Nepalboli

भारतीय विदेशमन्त्री जयशंकरद्धारा काठमाडौमा राजनितीक भेटघाट

   २०८० पुष १९, बिहीबार  

नेपाल भारत संयुक्त समितिको सातौ बैठकमा सहभागी हुन विहिवार विहान काठमाडौ आएका भारतीय विदेशमन्त्री जयशंकरले राजनितिक भेटघाट गरेका छन । काठमाडौ आए पछि राष्टपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुुष्पकमल दहाल र परराष्टमन्त्री एनपी साउद औपचारिक भेटवार्ता गरेका भारतीय विदेशमन्त्री जयशंकरले संयुक्त बैठकमा सहभागी भएका थिए ।

त्यसपछि संयुक्त बैठकमा सहभागीमा भारतीय विदेशमन्त्री बैठक लगत्तै राजनितीक दलहरुका नेताहरु संग भेटवार्ता तथा छलफल गरेका छन ।

विहिवार साझ भारतीय विदेशमन्त्रीले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउत संग भेटेका छन ।

काठमाडौको द्धावारिका होटलमा भारतीय विदेशमन्त्री जयशंकरले काग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र एकिकृत समाजवादीका अध्यक्ष नेपालसंग छटाछुटै भेटेका थिए भने जसपा, लोसपा र जनमतका अध्यक्षहरु संग सामुहिक रुपमा भेटेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै