भारतका विदेशमन्त्री काठमाडौँमा, राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता – Nepalboli

भारतका विदेशमन्त्री काठमाडौँमा, राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता

   २०८० पुष १९, बिहीबार  

आजै उच्चस्तरीय राजनितिक भेटवर्ताको साथै दुुपक्षिय संयुक्र बैठकमा सहभागी हुदै

आज बिहान काठमाडौँ आइपुगेका भारतका विदेशमन्त्री एस जयशङ्कर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान नै काठमाडौ आउनुभएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिनुभएको थियो ।

उहाँले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।

सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गर्नुभयो ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउनुभएका जयशंकरलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नुभएको छ ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै