एमालेले बोलायो सचिवालय बैठक
नेकपा एमालेले शुक्रबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले बताए ।
बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा, आगामी कार्यक्रम लगायतबारे छलफल गर्ने सूची छ । विशेषगरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बैठकको एजेण्डा बन्ने बताइएको छ ।
सचिवालय बैठक अगाडि भोलि एमालेको प्रदेश पदाधिकारीहरुको भेला राखिएको छ । केन्द्रीय कार्यालय च्यासलमै पदाधिकारीहरुको भेला राखिएको केन्द्रीय कार्यालय सचिव अधिकारीले बताए ।