राष्ट्रिय सभा सिट बाँडफाँटका लागि कांग्रेस माओवादीबीच आज पनि छलफल
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा सत्ताघटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफललाई तीव्रता दिएका छन्।प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार बिहान करिब आधा घन्टा छलफल गरेका दुई दलका शीर्ष नेताहरूले आजै अपराह्न ३ बजे पुन छलफल गर्ने तयारी गरेका छन्।
दिउसोको छलफलमा सतारुढ दलहरु जसपा र एकिकृत समाजवादीलाई पनि बोलाइएको छ । आजै साझ सतारुढ दलहरु एमाले सग समेत छलफल राखेका छन ।
हिजो साझ मात्रै प्रधानमन्त्री प्रचण्ड, काग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओली विच छलफल भएको थियो ।
सत्ता गठबन्धनले माघ ११ मा हुने चुनावका लागि साझा उम्मेदवार तय गरेर जाने बताएका छन्। सत्ता गठबन्धनमा रहेका अन्य दलहरूसँग सामूहिक रूपमा छलफल गर्नुअघि कांग्रेस र माओवादीबीच छलफल भएको हो।
मंगलबार बिहान पनि बालुवाटारमा कांग्रेस र माओवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। अहिलेसम्मको छलफलमा कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेलगायत विषयमा मात्र छलफल भएको छ।
कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भइनसकेको नेताहरूले बताएका छन्। राष्ट्रिय सभाका १९ सिट रिक्त हुने भएकोले चुनाव गर्न लागिएको हो।