बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल
प्रमुख तीन दलका शीर्ष नेताहरू बिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलवार साझ भेटवार्ता तथा छलफल भएको हो ।
राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा तीन नेताबीच वार्ता भएको हो। सोमबार नेपाली कांग्रेसद्वारा आयोजित मेलमिलाप दिवसको कार्यक्रमको मञ्चमा एकसाथ देखिएका यी नेता अहिले बालुवाटारमा जुटेका हुन्।
प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीज न्यायसम्बन्धी विधेयकलाई आगामी हिउँदे अधिवेशनको संसद्बाट अघि बढाउने योजना बनाएका छन्। मंगलवार विहान प्रधामन्त्री प्रचण्ड र कांग्रेसका नेताहरुको बिचमा छुटै छलफल भएको थियो ।