सत्ता गठबन्धनको बैठक वालुवाटारमा, राष्ट्रियसभा निर्वाचन देखि बालकुमारी घटना बारे छलफल – Nepalboli

सत्ता गठबन्धनको बैठक वालुवाटारमा, राष्ट्रियसभा निर्वाचन देखि बालकुमारी घटना बारे छलफल

   २०८० पुष १५, आईतवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका दलहरुसँग वालुवाटारमा छलफल गरेका छन । दुुई दिन अघि भएको बालकुमारी घटना देखि राष्ट्रियसभा निर्वाचन सम्म वारेमा सतारुढ दलहरुको विचमा छलफल भएका प्रमको सचिवालयले जनाएका छ । छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।

पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा सहभागी भएका र अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सोही आन्दोलनमा प्रहरीले गोली चलाएको थियो ।

यसैगरि राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दिने मिती समेत नजिकिएका कारण सतारुढ दलहरु यस वारेमा छलफल गर्न लागेका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै