कांग्रेस केन्द्रीय समिति बैठक आज देखि बस्दै – Nepalboli

कांग्रेस केन्द्रीय समिति बैठक आज देखि बस्दै

   २०८० पुष १२, बिहीबार  

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् ।

आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीले आफूले गरेका कामको जानकारी गराउने र त्यसमाथि छलफल हुनेछ ।

यसका साथै राष्ट्रिय सभा सदस्यको निर्वाचनलगायतका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघका लागि तय भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै