एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू
नेकपा (एकीकृत समाजवादी) को सातौं बैठक बुधबारबाट सुरू भएको छ। तीन दिन चल्ने केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीमा मध्याह्नबाट सुरू भएको हो। १३ गतेसम्म चल्ने बैठकमा मूलतः विधानमाथि छलफल केन्द्रित हुने छन।
एकीकृत समाजवादीले जेठ ३ गतेदेखि पहिलो महाधिवेशन गर्दैछ। त्यसका लागि विधानको मस्यौदा बनाएर छलफल चलाइरहेको हो। एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा महासचिव घनश्याम भूसाल, उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।
सचिवालयको ७० औं बैठक बसेर विधानमाथि प्रारम्भिक छलफल गरिसकेको छ। अहिले केन्द्रीय कमिटीमा लैजान लागेको प्रस्तावमा पार्टीको कार्यकारिणी कमिटीमा ७० वर्षे उमेरहदको प्रावधान राखिएको छैन। निर्वाचन आयोगमा बुझाएको विधानमा केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकामा त्यो हटाइएको छ।
केन्द्रीय कमिटी बैठकपछि माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद् बैठकमा पनि विधानबारे छलफल हुने उनले बताए।