गाउँ रित्तिँदै जानुको कारण खोज्न राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्। लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिसको अभाव रहेको उनले बताए।
‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ ?,’ काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’
शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए।