चुरे क्षेत्रका स्थलगत निरीक्षण गरे मधेश प्रदेशका प्राकृतिक स्रोत समिति – Nepalboli

चुरे क्षेत्रका स्थलगत निरीक्षण गरे मधेश प्रदेशका प्राकृतिक स्रोत समिति

   २०८० पुष ६, शुक्रबार  

मधेश प्रदेशका प्राकृतिक स्रोत तथा वातावरण समितिले धनगढीमाई नगरपालिका १२ र १३ नम्बर वडामा पर्ने चुरे क्षेत्र सर्रे अम्बासको स्थलगत निरीक्षण गरेकोछ । समितिका सभापति शान्ता पहाडीको नेतृत्वमा समितिका सदस्य तथा प्रदेशसभाका सदस्यहरु सन्जिला यादव, त्रिभुवन साह, मनोज सिंह, धनगढीमाई नगरपालिका प्रमुख शिवशङ्कर महतो र जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोले स्थलगत निरीक्षण गर्नुभएको थियो ।

मधेश प्रदेशको आठवटै जिल्लामा भइरहेको चुरे दोहन, अवैध गिट्टी बालुवा उत्खनन कार्य रोक्न र यस कार्यमा संलग्न जोकोहीलाई कानुनी कारबाही गर्न प्रदेश सरकारलाई सिफरिस गर्ने सभापति पहाडीले दृढता व्यक्त गर्नुभयो ।

उहाँले थप्नुभयो, ‘‘सिराहा डिभिजन वन कार्यलयले थालेको कारवाहीको प्रक्रिया अपनाउने कार्यालय प्रमुख सुजितकुमार झाले देखाउनुभएको हिम्मत र जिल्ला समन्वय समिति सिराहाको प्रमुख दिनेश महतोको सक्रियता सराहनीय छ ।’’

सिराहा डिभिजन वन कार्यालय लहानले अवैध ढुङ्गा गिट्टी तथा बालुवा उत्खन्न गराएको आरोपमा धनगढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिराहामा मुद्दा दायर गरेपछि समितिले चासो लिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको अनुसार सत्यको विस्फोटन भएको छ । एका वर्षदेखि निरन्तर अवैध गिट्टी बालुवा उत्खनन भइरहेको सार्वजानिक अभिव्यक्ति दिई सम्बन्धित निकायहरुलाई ध्यान केन्द्रित गराइरहेका थिए । सिराहा डिभिजन वन कार्यालयले बल्ल सक्रियता देखाएर कारबाहीका लागि अघि बढेको हो ।

सिराहा डिभिजन वन कार्यालय लाहानका प्रमुख सुजित झाले अवैद्य रुपमा धनगढीमाई नगरपालिका सर्रेअम्वासमा गिट्टी बालुवा उत्खननमा संलग्न रहेको व्यक्तिहरुको सात ट्याक्टर र तिनका चालकलाई गत मङ्सिर १५ गते नियणत्रणमा लिई हाल सवारी साधनसहित पक्राउ परेका मञ्जितकुमार यादव, फुलकुमार यादव, सन्दिपकुमार यादव, अरविन्दकिशोर यादव, रामकुमार यादव, इन्द्रजित महतो, रमनकिशोर यादव, पुरुषोत्तम यादव, धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन सहायक रञ्जित सिंह र वरुण कन्स्ट्रक्सनका सञ्चालक निलमकुमारी यादवविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

धनगढीमाई नगरपालिकाबाट सुरु भएको मुद्दा दायर गर्ने प्रक्रिया लाहान नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिकामा समेत अनुसन्धान जारी रहेको कार्यालय प्रमुख झाले बताउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै