मन्त्री किरातीको अभिव्यक्तिको चौतर्फी विरोध – Nepalboli

मन्त्री किरातीको अभिव्यक्तिको चौतर्फी विरोध

   ५ पुष २०८०, बिहीबार  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्ती चौतर्फी विरोध भएको छ । धर्म सम्बन्धमा बुधवार मन्त्री किरातीले दिएको अभिव्यक्तिलाई समाजिक सन्जलमा नागरिक समजका अगुवाहरु देखि संसदहरु समेत विरोध गरेका छन ।
विहिवार बसेको अन्तर्राष्ट्रिय सम्बन्धको संसदीय समितिमै समेत मन्त्री किरातीको आलोचना भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने बताएका हुन् । बैठकमा उनले मन्त्री किरातीकै उपस्थितीमा समाजमा ठूलो द्वन्द्व मच्चाउने कुरा गरेको भन्दै सरकारलाइ स्पष्टिकरण दिनु पर्ने बताए ।

मन्त्री किराँतीले बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार–प्रसार गरेका थिए । जुन अभिव्यक्तिका कारण उनको आलोचना भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै