इजरायल–हमास युद्धको एक महिना – ११ हजारभन्दा धेरै मारिए – Nepalboli

इजरायल–हमास युद्धको एक महिना – ११ हजारभन्दा धेरै मारिए

   २१ कार्तिक २०८०, मंगलवार  

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध सुरु भएको मंगलबार १ महिना पुगेको छ। उक्त युद्धमा १४०० भन्दा बढी इजरायलीले ज्यान गुमाएका छन् भने गाजा क्षेत्रमा ९ हजार ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन्। उक्त तथ्याङ्कमा विदेशीहरु पनि समावेश छन्। उक्त युद्धमा इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीले समेत ज्यान गुमाएका थिए।

अक्टोबर ७ को बिहान प्यालेस्टाइन समर्थक हमास समूहले इजरायलमा हवाई तथा थल मार्गबाट हमला सुरु गरेको थियो। उनीहरु प्याराग्लाडिङ, मोटरसाइकल र कारबाट एकैचोटी इजरायलमा प्रवेश गरेका थिए। यसका अतिरिक्त हवाई हमला जारी राखेका थिए।

जवाफमा इजरायले गाजा पट्टीमा हमलालाई तीव्र बनाएको थियो। इजरायलले अहिले पनि गाजा क्षेत्रमा आक्रमणलाई जारी राखेको छ। हालसम्म सबैभन्दा धेरै ज्यान गुमाउनेमा बालबालिका र महिला रहेको संचारमाध्यमहरुले बताएका छन्। सो युद्धमा करिब ४ हजार ८०० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै