स्थानीय चुनावको तयारीमा रास्वपा, केन्द्रीय समिति बैठक आज
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले स्थानीय तह निर्वाचनको तयारीलाई अघि बढाउँदै आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयनबारे छलफल हुने जनाइएको छ ।
त्यस्तै, पार्टीका विभिन्न विभागका प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्ट पनि बैठकका कार्यसूचीमा छन् ।
स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने विषय बैठकमा मुख्य रूपमा छलफल हुने रास्वपाले जनाएको छ ।