जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा – Nepalboli

जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा

   २०८३ आश्विन १७, शनिबार  

वीरगञ्ज– जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि वीरगञ्जमा सुरु हुँदैछ । यसअघि असोज ९ गतेका लागि तय गरिएको महाधिवेशन अविरल वर्षाका कारण स्थगित गरिएको थियो ।

महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन हुँदैछ । विभिन्न पदका लागि १०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदमा पार्टी अध्यक्ष डा। सीके राउतको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै, सात उपाध्यक्ष पदका लागि १४, महासचिवमा तीन, दुई उपमहासचिव पदका लागि दुई तथा सात सचिव पदका लागि १० जनाले उम्मेदवारी दिएका छन् ।

कार्यकारिणी समिति सदस्यका लागि भने ७३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षसहित सबै पदमा निर्वाचन हुने जनमत पार्टीले जनाएको छ ।

पार्टीको निर्वाचन व्यवस्थाअनुसार उम्मेदवार निर्वाचित हुन कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ । महाधिवेशनले पार्टीको आगामी नेतृत्वसँगै संगठनात्मक दिशा पनि तय गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै