संसद्को अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुँदै
काठमाडौँ—सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालू अधिवेशन आज (शुक्रबार) मध्यरातिदेखि अन्त्य गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
यससँगै सङ्घीय संसद्का दुवै सदनको हाल जारी अधिवेशन औपचारिक रूपमा समाप्त हुनेछ ।