आजदेखि सुन प्रकरणमा थुनछेक बहस – Nepalboli

आजदेखि सुन प्रकरणमा थुनछेक बहस

   २०८० आश्विन १०, बुधबार  

६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा आजदेखि थुनछेक बहस सुरू भएको छ। बुधबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा थुनछेक बहस सुरू भएको हो।

पहिलो दिनमा सरकारी वकिल कार्यालय काठमाडौंका तीन जना वकिलले बहस गर्नेछन्। उनीहरूले आजै बहस सक्ने तयारी गरेका छन्।

त्यस्तै शुक्रबारदेखि भने प्रतिवादीका वकिलले बहस गर्नेछन्। कतिजनाले बहस गर्छन् भन्ने टुंगो लागेको छैन। मंगलबार सबै प्रतिवादीहरूको बयान सकिएको थियो।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २९ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसपछि सरकारी वकिलले २९ जनाविरूद्ध भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै