नेपाल–चीन संयुक्त वक्तव्य सार्वजनिक – Nepalboli

नेपाल–चीन संयुक्त वक्तव्य सार्वजनिक

   ९ आश्विन २०८०, मंगलवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण तथा नेपाल र चीनबीच भएको १३ बुँदे सहमतिबारे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितीमा भएको समझदारी तथा सहमतिलाई विस्तृतमा उल्लेख गर्दै संयुक्त वक्तव्य जारी भएको हो ।

औपचारिक भ्रमण र सन्धी तथा सहमति भएपछि दुवै देशले संयुक्त विज्ञप्ति निकाल्ने चलन रहेको छ ।

वक्त्व्यमा दुई देशबीचको गहिरो सम्बन्धलाई यो भ्रमण र समझदारीले थप बलियो बनाएको उल्लेख छ । यस्तै, दुवै देशले एक अर्काको सार्वभौमसत्तालाई गरेको सम्मानको पनि प्रसंशा गरिएको छ । नेपालले स्वतन्त्र तिब्बतका गतिविधिमा लगाएको प्रतिबन्ध र एक चीन नीतिप्रति देखाएको सद्भावलाई चीनले धन्यवाद दिएको छ ।

हेर्नुहोस् संयुक्त विज्ञप्तिको पूर्णपाठ–https://drive.google.com/file/d/1rRyQkq7dDbIF1o4loBPoOo0Q-xI0CoC5/view

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै