सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nepalboli

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

   ८ आश्विन २०८०, सोमबार  

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय चालक भक्तबहादुर घर्ति र गाडी साहु ५० वर्षीय गणेश बुढा रहेका छन् ।

रोल्पाबाट दाङतर्फ तरकारी लैजाँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा सोमबार बिहान साढे ६ बजेतिर रा १ च १०२५ नम्बरको दुर्घटना भएको थियो ।

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै