इन्डो–प्यासिफिक सम्मेलनमा भाग लिन प्रधान सेनापति शर्मा भारत प्रस्थान – Nepalboli

इन्डो–प्यासिफिक सम्मेलनमा भाग लिन प्रधान सेनापति शर्मा भारत प्रस्थान

   ७ आश्विन २०८०, आईतवार  

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरेका हुन्। उनलाई बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए।

नयाँ दिल्लीमा सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हेका छन्। भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते नेपाल फर्किनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै