सर्लाही सदरमुकाम मलंगवामामा आज पनि कर्फ्यु
नेपाल बोली
६ आश्विन २०८०, शनिबार
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
कर्फ्युको कारण शुक्रबार दिनभर बन्द रहेको मलंगवा आज पनि बिहानैदेखि सुनसान छ। मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै