जी-२० ले दक्षिण एशियाकै नेतृत्व भारतले गरिरहेको पुष्टि
भारतको नेतृत्वमा हालै दिल्लीमा सम्पन्न जी-२० सम्मेलनले दक्षिण एसियाको नेतृत्व भारतले गरिरहेको पुष्टि भएको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । उनीहरुले वदलिदै गएको विश्वको भुराजनितीमा भारतले हालै जी २० सम्मेला मार्फत विश्वलाइ वलियो सन्देश दिएको भन्दै दक्षिण एसियाको स्वभाविक अगुुवाको रुपमा उ निस्किएको पनि बताए ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले शुक्रबार काठमाडौमा आयोजना गरेको ‘जी २० – दक्षिण एशियाका लागि आशा र सम्भावना’ विषयक छलफलमा अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाताहरुले यस्तो बताएका छन ।
कूटनीतिज्ञ मामिलाका जानकार डा दिनेश भट्टराईले भारतले जी २० मार्फत भारत उच्च तहको शक्ति भइसकेको बताउदै उसले विश्वासका साथ आफ्ना एजेण्डालाई कूटनीतिमार्फत विश्वमा स्थापित गरिरहेको देखिएको बताए । । यसबाट दक्षिण एशियाको अगुवाको रुपमा भारत स्थापित भएको र यसवाट नेपाल सहितका अन्य दक्षिणी एशियाको देशहरूले फाइदा लिनुपर्नेमा उनले जोड दिए ।
भटराईले जी २० मार्फत भारतले दिएको प्रमुख सन्देश भनेको हाम्रो पूर्वीय दर्शनको मान्यता भएको बताए । उनले वसुधैव कुटुम्बकम भन्ने मूल नारा राखेर भारतले एक पृथ्वी, एक परिवार र सबैको समान भविष्यलाई स्थापित गर्न खोजेको बताए ।
यस्तै कार्यक्रममा अर्का कूटनीतिक विज्ञ डा राम थपलियाले जी २० मा उठाइएका आर्थिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, नैतिक, वातावरणीय तथा सैन्य एजेण्डाले एशिया नयाँ शक्तिका रूपमा उदय भएको बताए । उनले अब यो शक्तिको सही उपयोग गर्ने र दुरूपयोग हुनबाट रोक्ने जिम्मेवारीका लागि एशियाका देशहरूले अनुगमन गर्न आवश्यक रहेको बताए ।
‘एशिया नयाँ शक्तिका रूपमा यसको पुनर्उदय भएकोमा शंका रहेन,’ उनले भने, ‘तर यहाँ सबै समूह र गठबन्धन देशहरूबीच विश्वासको संकट छ । यसलाई हटाएर अघि बढनुपर्छ ।’
त्रिभुवन विश्व विद्यालयमा रहेको सिनासका कार्यकारी निर्देशक प्राडा मृगेन्द्रबहादुर कार्कीले स्वामी विवेकानन्दले सन् १८५३ मा सिकागोमा गरेको भाषणको सम्झना गर्दै त्यसपछि हाल आएर जी २० शिखर सम्मेलनमा भारतले राखेको स्लोगनले त्यही पुनरावृत्ति गरेको बताए । उनले एशियाको पुनर्उदय भएको बताउँदै भने, ‘पश्चिमले निर्माण गरेको प्रतिमान परिवर्तन (पाराडियम सिफ्ट) भएको संकेत हो, यो सबैबाट स्वीकार समेत भएको छ ।’