राति चट्याङसहित वर्षाको सम्भावना
नेपाल बोली
५ आश्विन २०८०, शुक्रबार
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा शुक्रवार साझ देखि हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो । आज राति सबै प्रदेशमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो भने कोशी र मधेश प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै