शिक्षक आन्दोलन दोस्रो दिन पनि जारी, संवादको जिम्मा गृहमन्त्रीलाई – Nepalboli

शिक्षक आन्दोलन दोस्रो दिन पनि जारी, संवादको जिम्मा गृहमन्त्रीलाई

   २०८० आश्विन ४, बिहीबार  

विद्यालयहरु बन्द गरेर काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरु आज दोस्रो दिन पनि आफनो विरोध कार्यकमहरु जारी राखेका छन । उनीहरुको विरोधका कारण आज देशभर कै सामुुदायीक बिद्यालयहरु बन्द थिए । सरकारले आज एक चरणको वार्ता शिक्षक आन्दोलनकारीहरु सग गरे पनि कुरा निष्कर्ष मा नपुुगेको सरकारले जनाएको छ ।

दोस्रो चरणको संवाद गर्नका लागी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुरा मिलाउने जिम्मा दिईएका छन् । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काका अनुसार सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठले शिक्षकसँग कुरा मिलाउने जिम्मा पाएका हुन् ।

श्रेष्ठकै नेतृत्वमा आज बिहान शिक्षकसँग भएको वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । खड्काका अनुसार आजै फेरि दोस्रो चरणको वार्ता हुँदैछ । उनले अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी शिक्षकका माग पूरा गर्नेगरी तयारी भएको पनि जानकारी दिए ।

संसदमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हिजोदेखि शिक्षकहरुले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै