नेपाली कांग्रेस केन्द्रिय समिति बैठकमा प्रदेश सभापतिहरूको अधिकार खोजी – Nepalboli

नेपाली कांग्रेस केन्द्रिय समिति बैठकमा प्रदेश सभापतिहरूको अधिकार खोजी

   २०८० आश्विन ४, बिहीबार  

बिहिवार देखि सुुरु भएको नेपाली कांग्रेसको केन्द्रिय कार्यस्मिति बैठकमा पार्टीका प्रदेश सभापतिहरूले आफनो अधिकारको खोजी गर्दै नेतृत्वलाई त्यसवारेमा ध्यानाकर्षण गराएका छन । काग्रेसका प्रदेश सभापतिहरुले आफूहरूलाई अधिकार नै नदिएको भन्दै पार्टी नेतृत्व प्रति आपत्ति जनाएका छन् । अधिकार नदिइ झुलाइरहने हो भने प्रदेशका संरचना नै खारेज गरिदिन उनीहरूले माग गरेका हुन् ।

बिहिवारको केन्द्रिय समिति बैठकमा प्रदेशका तर्फबाट धारणा राख्दै मधेसका कृष्ण यादव, वाग्मतीका इन्द्र बानियाँ र गण्डकीका शुक्रराज शर्मले बैठकमै आपत्ति जनाएका हुन् । उनीहरुले पार्टीले प्रादेशिक संरचनालाई कुनै अधिकार नदिएको र सेरोमोनियर बनाएका भन्दै आपत्ति जनाएका हुन ।

‘आवश्यकता छैन भने खारेज गर्दिनुस्, नभए वैधानिक अधिकार दिनुहोस् । अधिकार दिएर सदस्यसहितका संरचनाको काम गर्ने अधिकार दिनुपर्छ,’ शर्माले भने, ‘हामीले व्यक्तिको विरोध गरेका छैनौं, तर अधिकारविहीन बनाएर प्रदेशमा संरचना भनेर हुँदैन ।’ मधेशका सभापति यादवले प्रदेश त कतैबाट पनि माया नपाउने बीचको भएको बताए ।

‘जेठो र कान्छोलाई माया गर्ने तर बीचको प्रदेशलाई माया नगर्ने देखियो । केन्द्रीय कार्यालयभन्दा नजिकको मधेश प्रदेश हो,’ यादवले भने, ‘किनकि, केन्द्रबाट देखिएभन्दा नजिकबाट हामीले देखेका छौं । क्रियाशील सदस्यतामा हामीलाई कुनै जिम्मेवार दिइएको छैन । तलबाट समस्या देखेकालाई जिम्मेवारी नदिएपछि हामी कसरी बलियो बन्छौं रु संघीयताको मजबुतीका लागि पनि प्रदेशको संरचनालाई बलियो बनाउनुपर्छ ।’

वाग्मतीका सभापति बानियाँले अधिकारविहीन प्रदेश संरचनाको काम नभएको बताए ।

‘क्रियाशील सदस्यताको विषय हरेक प्रदेशले सबै हेरेर केन्द्रीय समितिमा पठाउनुपर्ने हो । तर यो काम केन्द्रले नै गर्दै आएको छ । आज प्रदेश सभापतिहरू अधिकारविहीन भएका छन् । प्रदेश संरचना बनाउने तर अधिकार नदिने हुँदा अधिकारविहीन छौं । यसरी कसरी संघीयता बलियो भएर अगाडि बढ्छ ?,’ उनले प्रश्न गरे ।

बिहिवार देखि सुुरु भएको काग्रेस केन्द्रिय समिति बैठक शुक्रवार पुन बस्ने छ । आजको बैठकमा सभापतिको तर्फवाट महामन्त्री गगन थापाले प्रस्तावहरु राखेका छन भने थापाले पार्टीको पछिल्लो गतिविधी वारेमा पनि बैठकमा जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै