विद्यालय बन्द गरी शिक्षकहरू आन्दोलनमा गएकोप्रति व्यवस्थापन समिति महासंघको आपत्ति – Nepalboli

विद्यालय बन्द गरी शिक्षकहरू आन्दोलनमा गएकोप्रति व्यवस्थापन समिति महासंघको आपत्ति

   २०८० आश्विन ४, बिहीबार  

शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको भन्द‌ै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ । शिक्षक कर्मचारीहरूको मागलाई समर्थन गर्दै विद्यालय बन्द गराएको प्रति आपत्ति जनाएको हो । महासंघ अध्यक्ष गुणराज मोक्तानले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त शिक्षकको पेसागत अधिकार सुनिश्चित गर्न र शिक्षण पेसालाई सम्मानित, मर्यादित र आकर्षक बनाउन शिक्षकहरूले उठाउँदै आएका न्यायोचित माग प्रति सम्मान र समर्थन रहेको महासंघले जनाएको हो ।,

आफ्ना माग पूरा गराउन गरिएको विद्यालय नै बन्द गराएर गरेको कार्यक्रममा आफूहरूको असहमति रहेको जनाएको हो ।

अनिश्चितकालसम्मको विद्यालय बन्दका कारण बालबालिकाको सिकाइ अवरुद्ध भएको र अभिभावक चिन्तित बनेको महासंघको भनाइ छ ।

बालबालिकाको शैक्षिक अधिकारलाई खेलबाड नगर्न सरकार र आन्दोलनरत दुवै पक्षसँग माग गरेको छ । आम अभिभावक र समुदाय मौन रहन नसक्नेसमेत चेतावनी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै