आन्दोलनरत चिकित्सक संघ र सरकार बीच ६ बुँदे सहमति, विरोधका कार्यक्रमहरु फिर्ता – Nepalboli

आन्दोलनरत चिकित्सक संघ र सरकार बीच ६ बुँदे सहमति, विरोधका कार्यक्रमहरु फिर्ता

   ३१ भाद्र २०८०, आईतवार  

आन्दोलनरत चिकित्सक संघ र सरकार बीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

हेटौंडामा डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा कुटपिट भए पछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । भदौ २७ गते भएको उक्त घटनाको विरोधमा आज आइतवार देशभरकै अस्पतालहरुमा आकस्मिक वाहेकका सबै सेवाहरु ठप्प पारिएको थियो ।

देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि आज साझ सरकार र आन्दोलनरत पक्ष बिच वार्ता भएको थियो ।

वार्तामा सरकारले चिकित्सकलाई हातपात गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ अनुसार कारबाही अघि बढाउने र प्रतिवद्धता जनाएको छ ।

यस्तै चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै