काठमाडौको तीनकुनेमा भएको हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन – Nepalboli

काठमाडौको तीनकुनेमा भएको हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन

   २०८० भाद्र ३०, शनिबार  

काठमाडौको तीनकुनेमाशुक्रवार राती भएको चार जनाको हत्या प्रकरणमा उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको छानबिनसमितिमा रहेका छन । छानबिन समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । घटनामा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको मृत्युु भएको थियो ।

घटनाको यकिन कारण खुलेको छैन । थप केही शंकास्पदलाई पनि प्रहरीले अहिले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै