सम्भोता/भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी सुुरु – Nepalboli

सम्भोता/भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी सुुरु

   २९ भाद्र २०८०, शुक्रबार  

भारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा सम्भोता/भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । नेपाल कला परिषद्, बबरमहल, काठमाडौंमा आयोजना गरिएको चित्रकला प्रदर्शनी भोली शनिवार सम्म चल्ने जनाइएको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा शुक्रवार गरेका छन ।

सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीको पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्। दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरि सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए ।

राज्यमन्त्रीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरे । उहाले नेपाल र भारतको लागी बौद्ध धर्म एक साझा धागो भएको पनि बताए । जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे । उहाँले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए ।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरुको उपस्थिति थियो। यो प्रदर्शनी नेपाल कला परिषदमा भोली शनिवार सम्म खुला रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै